Latest posts :

नायिका रेखा थापा र नायक जीवन लुइटेलले उत्कृष्ट नायिका तथा नायक

Share this article :
holly-kolly-bolly.blogspot
http://haaude.blogspot.com
नायिका रेखा थापा र नायक जीवन लुइटेलले उत्कृष्ट नायिका तथा नायकको अवार्ड पाएका छन् । काठमाण्डौमा आज सम्पन्न ‘एचटीभी फिल्मीखबर डी सिने अवार्ड’मा रेखा र जीवनले क्रमश ‘लंका’ र ‘नोटबुक’ चलचित्रबाट अवार्ड जीतेका हुन्। नेपालमा बर्षभरी बनेका डीजीटल सिनेमाहरुलाई समावेश गर्दै विगत ५ बर्षदेखि यो अवार्ड प्रदान गरिदै आएको छ । कुल २६ विधामा प्रदान गरिएको अवार्डमा चलचित्र मायाज बार, रिजम र नोटबुकको बर्चस्व देखिएको छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष शान्तिपि्रयले अवार्डलाई विवादरहित बनाउँदै सिने नगरीको धरमराउँदो परिस्थितमा अवार्ड कार्यक्रम गर्न गाह्रो भएपनि आफूहरुले निरन्तरता दिएको बताए कार्यक्रममा प्रस्तुत गरिएका विभिन्न प्रस्तुतीले अवार्डलाई आकर्षक बनाएको थियो । कार्यक्रममा छाँयाछवी पत्रकारिता पुरस्कारबाट पत्रकार राजन घिमिरेलाई ५ हजार ५ सय ५५ रुपियाँ र सम्मानपत्रबाट पुरस्कृत गरिएको थियो । यस्तै स्टार एफ एम इन्करेजमेन्ट अवार्डबाट आश्मा फिल्मस्का लागि दिपेन्द्र के खनाललाई चलचित्र ‘भिजिलान्ते’का लागि पुरस्कृत गरिएको थियो । अवार्ड कार्यक्रममा सिनेमा क्षेत्रका चर्चित हस्तिहरुको उपस्थिती थियो । पाचौ फिल्मीखबर डी सिने अवार्डका विजेताहरुको नामबली यसप्रकार छ ः
१. उत्कृष्ट चलचित्र : रिदम(वान टाइम सिनेमा)
२. उत्कृष्ट निर्देशक : विकास आचार्य (रिदम)
३. उत्कृष्ट नायक : जीवन लुइटेल(नोटबुक)
४. उत्कृष्ट नायिका : रेखा थापा(लंका)
५. उत्कृष्ट सहअभिनेता : विल्सन विक्रम राई(रिदम)
६. उत्कृष्ट सहअभिनेत्री : करिश्मा मानन्धर(मायाज बार)
७. उत्कृष्ट छायांकार : पुरुषोत्तम प्रधान(मायाज बार)
८. उत्कृष्ट सम्पादक : विपिन मल्ल(अध्याय)
९. उत्कृष्ट चरित्र अभिनय : टिका पहारी(मञ्जरी)
१०. उत्कृष्ट नव निर्देशक : दिपा बस्नेत(अन्तराल)
११. उत्कृष्ट नवनायक : गजित बिष्ट(मायाज बार)
१२. उत्कृष्ट नवनायिका : सीमा केसी(यूज)
१३. उत्कृष्ट खलपात्र : झरना थापा(फेसबुक)
१४. उत्कृष्ट संगीत : अर्जुन पोखरेल(मेरो जीवनसाथी)
१५. उत्कृष्ट गायक : प्रल्हाद तिमिल्सिना(नोटबुक)
१६. उत्कृष्ट गायिका : मिलन अमात्य(नोटबुक)
१७. उत्कृष्ट गीतकार : डाक्टर कृष्णहरी बराल(रिदम)

१८. उत्कृष्ट नृत्य निर्देशक : शंकर बीसी(मेरो जीवनसाथी)
१९. उत्कृष्ट द्वन्द्व निर्देशक : चन्द्र पन्त(हमेशा)
२०. उत्कृष्ट संवाद : शिवम अधिकारी(नोटबुक)
२१. उत्कृष्ट पटकथा : विकास आचार्य(रिदम)
२२. उत्कृष्ट कथा : योगेश घिमिरे(नोटबुक)
२३. उत्कृष्ट बालकलाकार : अनुभव रेग्मी(रिदम)
२४. उत्कृष्ट ध्वनी मिश्रण : मनोजराज भण्डारी(फूलस्टप)
२५. उत्कृष्ट पाश्र्व संगीत : एलिस कार्की(मायाज बार)
२६. उत्कृष्ट श्रृङगार : नीमा लामा(धन्दा)
पब्लिक च्वाईस अवार्ड : गौरब पहाडी
चलचित्रकर्मी रजत सम्मान : मदनदास श्रेष्ठ र शर्मिला मल्ल
जुरी अवार्ड (नायक) : अर्पण थापा
जुरी अवार्ड (नायिका) : निशा अधिकारी
जुरी अवार्ड (निर्देशक) : दिनेश डीसी
जुरी अवार्ड : शिरिषको फूल

Post a Comment

 
Support : Creating Website | KP Pandol | FB Page
Copyright © 2013. Movi, Gossip, Artist - All Rights Reserved
Template Created by Creating Website Published by FB Page
Proudly powered by HollYBollYCollY

Please Like Us in Facebook For Full Update

×
bloggerWidget