Latest posts :

बिष्णु माझीको गीतमा नायिकाको तिघ्रा, कुकुरको लिंङ्ग देखिएपछि...(भिडियोसहित)

Share this article :
holly-kolly-bolly.blogspot
तीज हिन्दूहरुको एउटा साँस्कृतिक र सांगीतिक पर्व हो । त्यसैले यो पर्व मर्यादित हुन्छ । राता साडी, हरिया चुरालगाएर व्रत बस्नेहरुका लागि तीजमा गाइने गीत मुख्य खुराक हो । त्यसैले यो बर्ष पनि तीजका झण्डै दुई सय गीत बजारमा निस्किएका छन् । खासै तीजे गीतमा हुनपर्ने छनक नभएपनि तीजका नाममा आएका भने छन् । तीज मात्रै हैन लोकगीतमा समेत एकछत्र राज गरेकी गायीका बिष्णु माझीको तीजको गीतले अहिले फरक तरिकाले हल्ला पिटेको छ ।
उनका श्रीमान् सुन्दरमणीले बर्षेनी फरक फरक शैलीमा तीजका गीत बिष्णु माझीलाई बनाउदै आएका छन् । तर यसपटक बनाएको गीतको शव्द, भाका र स्वरको भन्दा पनि म्यूजिक भिडियोले चर्चा बटुलेको छ । तर त्यो चर्चा राम्रोले नभइ अश्लिल भएको कारण ।

'भिनाजु पल्केर...' बोलको गीतको म्यूजिक भिडियोमा हिराइनका तिघ्रा मात्रै हैन कुकुरको लिङ्ग समेत देखाइएको छ । मेरी बास्सैका खड्का जी, बल्छी धु्रवे, र नायिका सुमिना घिमिरेले अभिनय गरेको भिडियोमा पटक पटक नायिकाको घुँडामाथिको दृश्य र कुकुरको लिंङ्ग देखाइएको छ । 'खैं किन भुक्यो गाउँको कुकुर बरिलै भिनाजु पल्केर....' बोलको गीतमा कुकुरले भिनाजुलाई लखटेको मात्रै छैन, सुतेको कुकुरको लिंङ्ग जानाजान देखाइएको छ । टिभीका प्रोमोमा समेत त्यही दृश्य देखाइएको छ ।
ल हेर्नुहोस् भिडियोसहित...

Post a Comment

 
Support : Creating Website | KP Pandol | FB Page
Copyright © 2013. Movi, Gossip, Artist - All Rights Reserved
Template Created by Creating Website Published by FB Page
Proudly powered by HollYBollYCollY

Please Like Us in Facebook For Full Update

×
bloggerWidget